काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा कारोबार ५ अर्बमा सिमित भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८५ लाख, एनटिसीको १९ करोड ४ लाख र निर्धान उत्थान लघुवित्तको १६ करोड २० लाख भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया