काठमाडौं - कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित कुमारी इक्विटी फण्डले कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको न्याभ बढेको छ ।
अघिल्लो महिनामा १० रुपैयाँ ४८ पैसा रहेको प्रतिइकाई खुद मूल्य (न्याभ) कात्तिक महिनाको मसान्तसम्ममा १० रुपैयाँ ६६ पैसा पुगेको छ ।
साथै यस अवधिमा फण्डको सूचिकृत शेयरमा लगानी भने घटेको छ । अघिल्लो महिनामा ४८ करोड २३ लाख २५ हजार रहेको सूचिकृत शेयरमा लगानी कात्तिक महिनामा घटेर ४२ करोड ८ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
साथै फण्डको खुद सम्पत्ति बढेर १ अर्ब ६ करोड पुगेको छ । जुन अघिल्लो महिनामा १ अर्ब ४ करोड रहेको थियो ।
प्रतिक्रिया