नेपाल बङ्गलादेश बैंकको बोनस सेयर शेयरधनीहरूको खातामा, सेयर अभौतिकीकरण गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकको साधारण सभाले पारित गरेको ३.५० प्रतिशत नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ । 

त्यसैगरी, हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा भएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकहाँ सम्पर्क गरेर डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न बैंकले अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया