राष्ट्रिय बीमा कम्पनीमा सिईओ पदका लागि दरखास्त आह्वान, कहिले र कसले कसले दिन सक्ने आवदेन ?

४ बर्ष अगाडि

राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी पदका लागि दरखास्त आह्वान गरेको छ । 

आज  कम्पनीले सार्वजनकि सूचना प्रकाशन गर्दै सिईओ पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचनामार्फत सिईओ नियुक्तीका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीमा लामो समयदेखि सिईओ पद रिक्त थियो । 

आज प्रकाशित सूचना अनुसार बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य, शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तिर्ण गरी बीमा क्षेत्रमा पाँच वर्ष तथा बैंक तथा वित्तिय संस्थामा भए आठ वर्ष अनुभव भएका व्यक्तिले आवेदन दिन पाउनेछन् ।

त्यसैगरी, चार्टर्ड एकाउन्टेन्टस् वा बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य, शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र, व्यापार प्रशासनमा स्नातह तह उत्तिर्ण भई बीमा क्षेत्रमा १२ वर्ष तथा बैंकिङ क्षेत्रमा भए १५ वर्ष अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, रामशाहपथमा गोप्यसिलबन्दी आवेदनपत्र दर्ता गर्न आग्रह गरेको छ । बहालवाला कर्मचारीले सो प्रक्रियामा भाग लिन चाहेमा सेवारत निकायबाट अनुमति पत्र समेत पेश गर्नुपर्ने  प्रकाशित सूचनामा जनाइएको छ । तीन हजार दर्ता शुल्क तोकिएको सिईओका आवेदकले छनौट सूचिमा परेको खण्डमा व्यवसायिक कार्ययोजनाको बारेमा प्रस्तुतिकरण गर्नुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया