नेको इन्स्योरेन्सको १५.५ प्रतिशत बोनस शेयरधनीहरूको हितग्राही खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको १५.५ प्रतिशत बोनस सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया