लाभांश र एफपिओ निष्काशन विशेष प्रस्ताव सहित समता घरेलुले डाक्यो साधारण सभा,बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ७ गते, बुधबार मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा आठौं वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

लघुवित्तलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव सहित सर्वसाधारणलाई एफपिओ निष्काशन विशेष प्रस्तावपारित गर्न साधारण सभा डाकेको हो । 

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी लघुवित्तको शेयर संरचना ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधारण तर्फको हुनेगरी सर्वसाधारणलाई एफपिओ शेयर जारी गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने छ।

यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २४ गतेदेखि गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया