काठमाडौं - कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखराका लागि जादै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनीबारे थप अनुसन्धान भइरहेको बताएका छन् । यस्तै नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ५० पैंसा र बिक्रीदर १२० रुपैंया १० पैसा रहेको छ ।
प्रतिक्रिया