काठमाडौं - कर्जा निक्षेप अनुपातको जिम्मा केन्द्रीय बैंकले बैंकहरुलाई नै दिएको छ । शुक्रबारको मौद्रिक नीति समीक्षामा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा झार्ने योजना पेश गर्न निर्देशन दिइएको बताए ।
गत मंसीर १० गतेसम्मको तथ्यांक अनुसार समग्र प्रणालीको कर्जा निक्षेप अनुपात ९०.३१ प्रतिशत रहेको छ । समीक्षामा असार मसान्तसम्म ९० प्रतिशतमा झार्ने र्कायोजना बैंकको सञ्चालक समितिबाट पारित गराई राष्ट्र बैंक समक्ष पु¥याउन निर्देशन दिइएको हो ।
‘सीडी रेसियोको जिम्मा बैंकहरुलाई नै छोडेका छौं । सीडी रेसियो सीमा भित्र नभएका बैंकले कसरी सीमा भित्र ल्याउने हो आफै योजना बनाउनुस् असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत भित्र पुग्नुपर्छ,’–प्रवक्ता ढकालले भने । सीडी रेसियो ९० प्रतिशतमा झार्न थप ८ महिनाको समय बैंकहरूले पाएका छन् ।
प्रतिक्रिया