काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर १० गते बसेको लघुवित्तको १० औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७।३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् ।
बोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ३८ करोड ४० लाख ५४ हजार पुग्नेछ ।
प्रतिक्रिया