तीन महिनामै राष्ट्र बैंकद्धारा १० खर्ब बढीको तरलता प्रवाह!

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले ३ महिनाको अवधिमा १० खर्ब बढीको तरलता प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा रिपो मार्फत १८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत् रु. ८२२ अर्ब ६८ करोड गरी कुल १० खर्ब .८ अर्ब १७ करोड तरलता प्रवाह गरेको हो । 

समीक्षा अवधिमा निक्षेप संकलन उपकरण मार्फत् रु. ३१ अर्ब ६५ करोड र रिभर्स रिपो मार्फत् रु. २८ अर्ब ३५ करोड गरी कुल रु. ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपो मार्फत ६० अर्ब तरलता प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर ९४ करोड बिक्री गरी रु.१११ अर्ब ५३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८४ करोड विक्री गरी रु.९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रयमासमा वाणिज्य बैंकहरुले रु. ७९७ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकबीच बाहेक) ले रु. १२२ अर्ब ६१ करोड गरी कुल रु. ९१९ अर्ब ८९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा कुल रु। ८१ अर्ब १५ करोडको अन्तर–बैंक कारोबार भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया