आईपिओ निष्काशनको तयारीमा रहेको विन्ध्यवासिनी हाइड्रोपावरको साधारणसभा पुस २ गते,लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २ गते  साधारणसभा आह्वान गरेको छ । कम्पनीले बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७र७८ सम्मको संचित मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । 

कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ए आयोजनाको निर्माण सकिसकेको छ भने लमजुङमा ६.६ मेगावाटको रुदीखोला बि आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया