कर्णाली डेभलपमेन्ट बैंकमा कर्मचारी माग, १५ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केन्द्रिय कार्यालय नेपालगंज, बाँकेका लागि अफिसर लेभल र सुपरभाइजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले अफिस लेभलका लागि स्नातक तह उत्तीर्ण र सुपरभाइजरका लागि न्यूनतम प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मार्फत् दरखास्त दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया