सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १५ हजार ६७३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकको संस्थापक शेयरधनी प्रेमकुमारी थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दिन सकिनेछ ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया