मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षमा : शेयर धितो कर्जा सम्बन्धि व्यवस्था यथावत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ । केन्द्रिय बैंकले गरेको संशोधनमा अधिकाँश नीतिहरुलाई यथावत राखिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो  त्रैमासिक समीक्षमा शेयर धितो कर्जा सम्बन्धि व्यवस्थालाई यथावत राखेको छ ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थालाई संशोधन गर्न केन्द्रिय बैंकलाई दबाब दिइएको थियो । तर केन्द्रिय बैंकले शेयर धितो कर्जा सम्बन्धि व्यवस्थामा कुनै संशोधन गरेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया