लाभांश पारितका लागि आरएसडिसी लघुवित्त र गुराँस लाइफको साधारणसभा आज हुदैँ,कुनको कति प्रतिशत लाभांश ?

४ बर्ष अगाडि

काठमाडौं, आरएसडिसी लघुवित्त र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आज आफ्नो वार्षिक साधारणसभा डाकेका छन्। 

आरएसडीसी लघुवित्तको आठौँ वार्षिक साधारणसभा रुपन्देहीको बुटवलमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

संस्थाको चुक्तापुँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ। कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले ११ औँ वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको आफ्नो प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट गर्नेछ। सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल ५.७९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.२९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका दस्तावेज छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत कात्तिक २३ गतेदेखि आज मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ गत कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया