काठमाडौं - बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ ।
बीमा समितिले जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न पाइने भएको छ ।
अहिले बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीहरुमा २० प्रतिशत र बाँकी अन्य कम्पनीमा पुनर्बिमा गर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया