१७ प्रतिशत लाभांश पारितका लागि नेपाल बैंकले पुस २ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं,  नेपाल बैंक लिमिटेडले आफ्नो ६२ औँ वार्षिक साधारणसभा पुस २ गते डोकेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक सभा काठमाण्डौको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

बोनस सेयर वितरणपछि बैंकको साबिक जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक,आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित गर्नेछ। 

लभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया