काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौँ बार्षिक साधारणसभा आज हुँदै छ । सभा अग्रवाल भवन कमलपोखरी काठमौडौमा बिहान ११ बजेबाट हुँदैछ ।
कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३० गते मंगलबार बुकक्लोज गरेको थियो त्यसैले कार्तिक २९ गते सोमबार सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।
सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रतिक्रिया