नेप्सेमा बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजना, आजदेखि बुकक्लोज

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा बैंक अफ काठमाण्डू लिमिटेडको सेयर मूल्य समायोजना भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय १० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको आज मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, हिजोसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया