काठमाडौं - शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा गराउने भएको छ ।
बुधबार सम्पन्न परामर्श तथा अन्तरिक्रिया कार्यक्रममा शिवम् सिमेन्ट्सले सहभागी २६० जना निर्माणकर्मीहरुलाई ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको हो ।
कम्पनीले मुग्लिङ, दमौंली, आबुखैरेनी, डुम्रे, दमौंली र गोरखाका निर्माणकर्मीहरुसँग सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको थियो ।
साथै निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुलाई हुने जोखिमको मध्यनजर गर्दै शिवम् सिमेन्ट्सले हरेक सहभागी निर्माणकर्मीका लागी उक्त रकम बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसि हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया