काठमाडौं - त्रिभुवन विश्व विद्यालयका शिक्षक तथा कर्मचारीहरुले अब बिनाधितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । नेपाल बैंकसँगको सहकार्यमा विश्व विद्यालयले यस्तो व्यवस्था गरेको हो ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वबिद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
अब सो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।
बुधबार त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ । अधिकतम् १५ लाख रुपैयाँ ऋणको सीमा तोकिए पनि त्यसको लागि आयशक्तिको अध्ययन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया