१०.३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा

४ बर्ष अगाडि

 काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा पौष १ गते एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११स्३० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको आज कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया