आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र बैंक अफ काठमाण्डूको लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा हुनेछ । 

सभामा बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया