काठमाडौं, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ अर्ब २३ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल पुनर्बीमाले १८ अर्ब २६ करोड ८३ लाख रुपैयाँ र हिमालयन रिले ६ अर्ब ९६ लाख रुपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।
दुबै पुनर्बीमा कम्पनीले कुल लगानीको ८७.०९ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।
नेपाल पुनबीमा कम्पनीले १४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ र हिमालयन रिले ६ अर्ब ७६ करोड ५० लाख रुपैयाँ गरी २१ अर्ब १७ करोड १३ लाख रुपैयाँ क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।
यस्तै नेपाल पुनर्बीमाले ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
दुबै कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कुल लगानीको ८७.०९ प्रतिशत अर्थात २१ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ लगानी गरेका हुन् ।
हिमालय रिले क वर्गको बाणिज्य बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ७६ करोड ५० लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा २० करोड रुपैयाँ गरी ६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।
नेपला पुनर्बीमा कम्पनीले भने नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८० करोड ५० लाख रुपैयाँ, सूचीकृत पव्लिक कम्पनीको शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, सूचीकृत पव्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा १ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छ ।
यस्तै कृषि, पर्यटन र जलस्रोत लगायतका पुर्वाधारमा ४९ करोड ४२ लाख रुपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९ लाख ४४ हजार रुपैयाँ र अन्य क्षेत्रमा ६० करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।
प्रतिक्रिया