काठमाडौं, निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे ४९ अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी गरेका छन् । बीमा समितिबाट अनुमति प्राप्त २० निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको रकम लगानी गरेका हुन् ।
बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ५० करोड १२ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये ८१.८७ प्रतिशत अर्थात ४० अर्ब ५२ करोड ८१ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले ुकु वर्गको बैंकको मुद्दती निक्षेपमा ३५ अर्ब २९ करोड ८० लाख रुपैयाँ, ख वर्गको बैंक तथा वित्तीय संस्थामा ४ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थामा ६ अर्ब ३१ करोड ७० लाख रुपैयाँ गरी सो बराबरको रकम मुद्दती निक्षेपमा रहेको हो ।
यस्तै कृषि पर्यटन र जलस्रोत पुर्वाधारमा २३ करोड ७४ लाख रुपैयाँ र अन्य क्षेत्रमा ३ अर्ब ३ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी भएको रकम मध्ये ५ अर्ब ७० करोड रुपैयाँ शेयर बजारमा भित्रिएको छ । बीमा कम्पनीहरुको कुल लगानी ४९ अर्ब ५० करोड १२ लाख रुपैयाँको यो ११.५२ प्रतिशत मात्रै हो ।
त्यस मध्ये सबै भन्दा धेरै राष्टि«य बीमा कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । यस्तै शिखरले ८६ करोड ९ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ४५ करोड ६६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३८ करोड ८९ लाख रुपैयाँ लगानी गरेका छन् ।
यसै गरी सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सले पनि ३० करोड रुपैयाँ भन्दा बढी रकम शेयर बजारमा लगानी गरेका छन् ।
शेयर बजारमा सबै भन्दा कम लगानी गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सानिमाले १ करोड ७३ लाख रुपैयाँ मात्रै बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर तथा ऋणपत्रमा लगानी गरेको हो ।
प्रतिक्रिया