बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश गर्ने भोलि अन्तिम मौका

४ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्न भोलि (बिहीबार)अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा मंसिर २९ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया