अब क्रमश तरलताको असहज अवस्था कम हुँदै जान्छ : गभर्नर

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले अब क्रमश तरलताको असहज अवस्था कम हुँदै जाने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा सरकारले खर्च बढाउँदै लगेकाले तरलता सहज बन्दै जाने बताएका हुन ।

गभर्नर अधिकारीले बर्षेनी तरलताको असहजताको अवस्था हुँदै आएकोमा यो साल पनि कर्जाको माग उच्च देखिएकाले तरलता असहज भएको बताए । 

यद्यपी, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले माग गरे बमोजिमको तरलता सुविधा प्रदान गर्दै आइरहेको उनको भनाई छ ।

साथै उनले पूँजी, कर्जा तथा निक्षेप अनुपात (सिसिडी) लाई खारेज गरेर कर्जा निक्षेप अनुपात ९सिडी० कायम राख्ने व्यवस्थाले वित्तीय संस्थाहरुमा क्राइसिस आउनबाट जोगाएको पनि उनले दाबी गरे । 

यो व्यवस्थाले कुनै समूह विशेषलाई असर पारेपनि समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया