काठमाडौं, नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।
सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।
उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे ।
प्रतिक्रिया