सिटिजन्स बैंकद्धारा मुर्कुटीमा ८६औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

बैंकले दाङको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा ८६ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होति देवि वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया