काठमाडौं - अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सेन्चुरी बैंक खाता खल्तीसँग लिङ्क गर्ने जोकोहीले १०० रूपैयाँ बोनस प्राप्त गर्न सक्ने भएका छन् ।
साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ ।
प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट 'खल्ती'मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।
यो १०० रूपैयाँ बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म खल्तीसँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ । सेन्चुरी बैंक खाता खल्तीमा लिङ्क गर्न, प्रयोगकर्ताहरूले खल्तीको होमस्क्रिनमा रहेको 'लिंक बैंक अकाउण्ट’ मा ट्याप गर्ने अनि त्यहाँ लिंक बैंक टु खल्तीमा ट्याप गर्ने र सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाली र सब्मिटमा ट्याप गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया