काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस ३ गते शनिबार, बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुरमा पाँचौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १७ गतेदेखि पुस ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया