काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.४८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस १० गते शनिबार, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया