काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त लघुवित्तको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनीहरु कायम हुनुपर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोलि अर्थात मंसिर ९ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटको सभाकक्षमा नवौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १।०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया