सानिमा जनरलका लगानीकर्ताको हात खाली

४ बर्ष अगाडि

काठमाडौं, सानिमा जनरल इन्स्योरेन्सको लगानीकर्ताले आर्थिक वर्ष २०७७/७८ बाट लाभांश नपाउने भएका छन् ।

इन्स्योरेन्स कम्पनीको मंसिर ६ गते सोमबार सम्पन्न सञ्चालक समितिको ९५ औ बैठकले लाभांश वितरण गर्ने निर्णय नगरी वित्तियय विवरण स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पठाउने निर्णय गरेको हो ।

एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ मा कम्पनीले २ करोड ४३ लाख ४७ हजार नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको जगेडा कोषमा ९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले ६ करोड ५५ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया