लाभांश पारितका लागि नेरुडे लघुवित्तले पुस १० गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं,नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले वार्षिक साधारणसभा पुस १० गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २२.६१८५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २१.४८७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१३०९ प्रतिशत नगद लाभांश रहेका छन्। संस्थाको हालको चुक्तापुँजी ४९ करोड ३८ लाख ७७ हजार ५७४ रुपैयाँ रहेको छ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया