मेगा बैंक नेपालले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । बैंकको सञ्चालक समितिले मंसिर २८ गते बार्षिक साधारणसभा डाकेको छ ।
साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २.०७ प्रतिशत नगद लाभांश र को एजेण्डा साधारणसभामा लगिँदैछ। सभामा मर्जर सम्बन्धि एजेण्डा लैजान प्रस्ताव सञ्चालक समितिले गरेको छ ।
साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ छ। बोनस सेयर बितरणपछि पुँजी एक अर्ब ४५ करोडले बढ्ने छ।
सभामा उपयुक्त संस्था भेटिए मर्जरको कार्य अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिँदैछ।
प्रतिक्रिया