वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब घट्दाँ कर्जा लगानी ७ अर्बले नै बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, वाणिज्य बैंकहरुको निक्षेप घटेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मंसिर १ गतेदेखि मंसिर ३ गतेसम्म निक्षेप घटेको र कर्जा लगानी बढेको देखिएको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। 

लगातार निक्षेप घटिरहेको भए पनि कात्तिकको अन्तिम साता भने बैंकको निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो। 

यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने ७ अर्ब रुपैयाँले बढेको छ। गत कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया