बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो,  नेपाल लाइफको कमिशन खर्च २.८४ प्रतिशतले वृद्धि र अन्य कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३.०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख ९५ हजार रुपैयाँ पुगेको हो । गत आवको यसै अवधिमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ३ अर्ब ५३ करोड ८३ लाख ५७ हजार रुपैयाँ खर्चिएका थिए । 

जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा धेरै रुपैयाँ खर्चिएको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा अभिकर्ता कमिशन खर्च २.८४ प्रतिशतले बढाएर ९९ करोड ६१ लाख ४ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको सोहि अवधीमा कम्पनीले अभिकर्ताहरुका लागि ९६ करोड ८६ लाख रुपैयाँ खर्चिएको थियो ।

यस्तै, नेपाल लाइफपछि अभिकर्ता कमिशन शीर्षकमा धेरै रकम खर्च गर्ने कम्पनीमा एलआईसी नेपाल, नेशनल लाइफ, युनियन लाइफ परेका छन् । एलआइसी नेपालको अभिकर्ता कमिशन खर्च ७.६८ प्रतिशतले घटेर ५० करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन शीर्षकमा ५४ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै, नेशनल लाइफको अभिकर्ता कमिशन खर्च २७.४३ प्रतिशत र युनियन लाइफको अभिकर्ता कमिशन खर्च २.१५ प्रतिशतले बढेको छ । नेशनल लाइफले यस अवधिमा अभिकर्ताका लागि ३७ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ । भने युनियन लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनवापत २९ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, सिटिजन लाइफले २२ करोड रुपैयाँ, एशियन लाइफले १९ करोड रुपैयाँ, आइएमई लाइफले १३ करोड ९५ लाख रुपैयाँ, रिलायन्स लाइफले १३ करोड ३९ करोड रुपैयाँ, मेट लाइफले १२ करोड ५१ लाख रुपैयाँ, ज्योति लाइफले ११ करोड ७४ लाख रुपैयाँ, प्राइम लाइफले ११ करोड ३० लाख रुपैयाँ, सानिमा लाइफले १० करोड १९ लाख रुपैयाँ, प्रभु लाइफले १० करोड रुपैयाँ, गुराँस लाइफले ९ करोड ७७ लाख रुपैयाँ, सन नेपाल लाइफले ९ करोड ३६ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ६ करोड ३४ लाख रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ करोड ८४ लाख रुपैयाँ अधिकर्ता कमिशनमा खर्चिएका छन् ।

चार कम्पनीको अभिकर्ता कमिशन भने घटेको छ । एलआइसी नेपाल, प्राइम लाइफ, गुँरास लाइफ र राष्ट्रिय बीमा संस्थानले अभिकर्ता कमिशन खर्च घटेको हो  । शिर्ष स्थानमा रहेको एलआईसी नेपालको अभिकर्ता कमिशन ७ प्रतिशत, प्राईम लाइफको ८ प्रतिशत, गुराँस लाइफको ९ प्रतिशत र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको अभिकर्ता कमीशन ३७ प्रतिशतले घटेको छ ।

यस त्रैमासको अवधिसम्ममा प्रभु लाइफको अभिकर्ता कमीशन वृद्धिदर १३४ प्रतिशत रहेको छ भने सिटिजन लाइफको अभिकर्ता कमीशन ८८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको अभिकर्ता कमीशन गत आर्थिक बर्षको तुलनामा ६९ प्रतिशतले वृद्धि र सानिमा लाइफको ६१ प्रतिशतले वृद्धि भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया