इच्छाराज तामाङ सहितको नाममा रहेको सीटीसी मल लिलामी गर्ने अल्टिमेटम

४ बर्ष अगाडि

काठमाडौं - कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा रहेको सीटीसी मल लिलामी गर्ने अल्टिमेटम दिएको छ । 

कोषले एक सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र ऋण चुक्ता नगरे धितो लिलाम गरेर रकम असुल गर्ने जनाएको छ ।

कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बारबरको पसल समेत लिलाम गर्ने जनाएको छ । 

कोषले उक्त धितो लिलाम गरेर सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवाना चुक्ता गर्ने जनाएको छ ।सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका छन । 

सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जना प्रहरीको हिरासतमा छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया