सञ्चय कोषको घर सापटी कर्जाको ब्याज र अवधि कति ?

४ बर्ष अगाडि

काठमाडौं, कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुलाई घर सापटी कर्जा दिन सुरु गरेको छ । सञ्चय कोषका सञ्चयकर्ताले घर कोषले दिने घर सापटी कर्जा लिन सक्ने छन् । 

कोषले घर सापटी र घर मर्मत सापटी कर्जा शीर्षकमा ऋण दिन्छ । यस्तो कर्जाको ब्याजदर ७.९० प्रतिशत छ । 

धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा १ करोडसम्म कर्जा लिन सकिने कोषले जनाएको छ । १० वर्षभन्दा कम सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ वर्षको तलबमान र १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमानलाई आधार बनाएर मूल्यांकन गरिन्छ ।

यस्तो कर्जाको अवधि ग्रेस अवधिसहित अधिकतम २० वर्षसम्म हुने कोषले जनाएको छ । १ वर्ष नियमित कोष कट्टा गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा बाँकी रहेका सञ्चयकर्ताले घर सापटी पाउने व्यवस्था छ ।

यस्तो कर्जा कोषले  कम्तीमा २ किस्ता र घर निर्माणको हकमा भने कार्य प्रगतिको आधारमा अधिकतम् ४ किस्तामा दिनेछ । पहिलो किस्ता ५० प्रतिशतसम्म हुनेछ । यदि घर किन्न हो भने सबै रकम एकमुष्ठ पाईनेछ ।

घर बनाउन भने डिपीसी सकिएपछि मात्र कर्जा प्रवाह गर्नेछ । एउटै धितोमा खामेसम्म श्रीमान श्रीमति दुबैको तलबमानबाट सापटी लिन सकिने व्यवस्था पनि छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया