५ लघुवित्त कम्पनीको साधारण सभा हुदैं, कहिले र कुनको लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत ५ लघुवित्त कम्पनीहरुको वार्षिक साधारण हुने भएको छ ।  

कुन कम्पनीको साधारण सभा कहिले ?

आरएसडिसी लघुवित्त

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारण सभा मंसिर १० गते शुक्रबार बिहानको ९ बजे एशियन होटल, कालिकानगर, बुटवल, रुपन्देहीमा बस्नेगरी आह्वान गरेको छ ।

उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको ०.५२६३ प्रतिशतले हुने ३८ लाख ५२ हजार ४२० रुपैयाँ नगद लाभांश र १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँ बराबरको बोनश शेयर गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कात्तिक ३० गते नै बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको सोही प्रतिशत लाभांश पाउनेछन् ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा मंसिर १६ गते बिहिबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजी ८७ करोड ६८ लाख रुपैयाँबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०।५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गते नै बुकक्लोज गरिसकेको छ । जसअनुसार मंसिर ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

महिला लघुवित्त

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथौ वार्षिक साधारण सभा मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट धुलिखेल–३, काभ्रेमा विहान १०ः३० बजे बस्नेगरी आह्वान गरेको छ ।

सभाले संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४७.५ प्रतिशत बोनस शेयर र २।५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश पारित गर्नेछ ।

कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको उक्त बम्पर लाभांश र सभामा भाग लिन मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्त

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा मंसिर २४ गते शुक्रबार होटल टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा विहान ११ बजेदेखि बस्नेगरी आह्वान गरेको छ ।

उक्त सभाले संचालक समितिले शेयरधनीहरुलाई वितरण गर्नको लागि प्रस्ताव गरेको कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६३१६ प्रतिशत (कर प्रयोजका लागि) गरी कुल २१।०५२६३१६ प्रतिशत लाभांश पारित गर्नेछ ।

कम्पनीले मंसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्नपीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई लघुवित्त

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले संचालक समितिले निर्र्णय गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया