लाइफ इन्स्योरेन्स कर्पोरेशन( एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमाङ्कीय मूल्यांकनको आधारमा मुनाफामा समित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्युनतम ५५ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।
धनवृष्टि बीमा योजनामा ५५ रुपैयाँ, धन फिर्ता, बीमा योजनामा न्युनतम ५६ रुपैयाँ देखि ६० रुपैयाँ सम्म, बाल ममता र बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँ देखि ६० रुपैयाँ बोनस पाउनेछन् ।
यस्तै जीवन तंरग बीमा योजनामा न्युनतम ५६ रुपैयाँ देखि ६७ रुपैयाँ र जीवन बचत बीमा योजनामा ४५ रुपैयाँ देखि ६६ रुपैयाँ सम्म बोनस शेयर पाउनेछन् ।
प्रतिक्रिया