काठमाडौं, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । यस्तै, अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिडियो कफ्रेन्सको माध्यमबाट सभामा भाग लिन सकिने कम्पनीले जनाएको छ । सभा गर्न लक्ष्मीले कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ । कात्तिक २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया