काठमाडौं, नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले मंसिर २७ गते मंगलबार कम्पनीको आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न १३५ औं बैठकले उक्त दिन अपराह्न ४ बजे आरण्य बुटिक होटल हात्तिसार नक्सालमा साधारण सभा डाकेको हो ।
साधारण सभाको विशेष प्रस्तावमा नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न र गाभिन (मर्जर गर्न वा प्राप्ति गर्न) उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दायित्व तथा कारोवारको मुल्यांकनका लागि मुल्याकंनकर्ता नियुक्ति गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्झौता गर्न तथा सो सम्वन्धमा आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यसैगरी संस्थापक शेयरधनीहरूवाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरूको निर्वाचन गरि परिणाम घोषणा गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, तथा सोहि मितिमा समाप्त आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रबाह विवरण छलफल गरि स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ ।
प्रतिक्रिया