आगामी ३ महीनामा नेपालको मूल्यवृद्धि ९.६ प्रतिशत पुग्ने, १ दोहोरो अंकमा

४ बर्ष अगाडि

काठमाडौं - अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १०.३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्रतिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी ३ महीनामा नेपालको मिन (औसत) मूल्यवृद्धि भने ९.६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रतिशत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले अवको ३ महीनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो ।

हालैको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले असोजमा प्रक्षेपण गरेअनुसार मूल्यवृद्धि भएको देखिँदैन । सर्वेक्षणले वर्तमान समय अर्थात् असोजमा औसत मूल्यवृद्धि ९.४ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

विश्वका अधिकांश केन्द्रीय बैंकहरूले मूल्यवृद्धि अपेक्षाका बारेमा सर्वे गर्दै आएका छन् । नेपालमा पनि राष्ट्र बैंकले गत आवको माघदेखि यस्तो सर्वेक्षण गर्दै आएको छ । राष्ट्र बैंकले असोजमा गरेको यो सर्वेक्षण दोस्रोपटक गरिएको हो । यस्ता सर्वेक्षणबाट आउने नतिजाअनुसार आवश्यक पोलिसीहरू बनाउन तथा सम्बद्ध नीतिलाई परिमार्जन गर्न सहज हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

ग्राहकको उमेरअनुसार मूल्यवृद्धिको अपेक्षा फरक देखिएको छ । २५ वर्षसम्मका ग्राहकले अबको ३ महीनामा औसत मूल्यवृद्धि १०.६ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया