काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा यसै साता भित्रमा गर्ने भएको छ । मंसिर पहिलो सातामै समिक्षा गर्ने भनियता पनि विभिन्न प्राविधिक कारणले त्यो संभव नभएकाले यसै सातामा त्रैमासिक समिक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।
मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको र यकिन दिन तय भइनसकेको भएतापनि ससै साताभित्रमा मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो । सोहि व्यबस्थाका कारण नेपालको सेयर बजार ओरालो लागेको भन्दै नीति जारी हुने बेलादेखि नै विभिन्न सरोकारवाला निकायहरुले यसको विरोध गरिरहेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न अन्य सेयर बजारसँग सम्बन्धित संस्थारुले ४-१२ करोडको नीतिले बजार ओरालो लागेको भन्दै यसमा लचकता अपनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत दवाव दिइरहेको देखिन्छ ।
प्रतिक्रिया