लगनखेलमा सानिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ

४ बर्ष अगाडि

सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । 

बैकले ललितपुर जिल्लाको लगनखेल कुमारीपाटीमा आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गर्दै उक्त काउन्टरको शुभारम्भ गरेको हो ।

उक्त प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रुपमा गरेको थिए । बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले देशभर ११७ शाखा कार्यालय र ९७ वटा एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया