सोल्टी होटलको साधारण सभा मंसिर २८ गते, लगानीकर्ताको हात भने खाली

४ बर्ष अगाडि

काठमाडौं, सोल्टी होटलले मंसिर २८ गते साधारण सभा गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि सोमबार मंसिर ६ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ  । आज आइतबार मंसिर ५ गतेसम्म कायम रहेका शेयरधनीले सभामा भाग लिन सक्नेछन् । यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

होटलको गत असोज २२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव नगरी मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया