काठमाडौं, हाल देशभर रहेका २७ वाणिज्य बैंकमध्ये आइतबारसम्ममा ६ वटा बैंकको लाभांश घोषणा गर्न बाँकी रहेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ बाट लाभांश घोषणा हुन बाँकी बैंकहरुमा कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक , सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
पाँच बैंक नेप्सेमा सूचीकृत रहेपनि राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंकमा शेयर रहेका सीमित (१ प्रतिशतभन्दा कम) शेयरधनी भने रहेका छन् ।
हालसम्म २१ वणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । यस अवधिमा सिटिजन्स, कुमारी माछापुच्छ्रे र नेपाल बंगलादेश बैंक गरी चार बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।
लभांश प्रस्ताव गरेका २१ मध्ये ८ बैंकले शेयर दाखिला खारेजी मिति तोकेका छन् । जसमध्ये पाँच बैंकहरु सिटिजन्स, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बुकक्लोज भैसकेको छ ।
ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टड, र बैंक अफ काठमाण्डूको बुकक्लोज हुन बाँकी रहेको छ । लाभांश घोषणा गरेर बुकक्लोज हुन बाँकी १३ बैंक छन् । हालसम्म १६ बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले लाभांश पाउने अवस्था छ । यस बाहेक लाभांश घोषणा हुन बाँकी ६ मध्ये पाँच बैंकले वितरण गर्ने लाभांश पनि अब शेयर खरीद गर्नेले पाउनेछन् ।
हालसम्म प्रस्तावित लाभांशमा नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत ९३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद० लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले सबैभन्दा कम ७ प्रतिशत (६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई हालसम्म नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २१ ले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका २१ वाणिज्य बैंकको औषत लाभांश १५.५४ प्रतिशत देखिएको छ । जसमा बोनस शेयर औषतमा १३.०१ प्रतिशत र नगद लाभांश औषतमा २.५३ प्रतिशत छ ।
प्रतिक्रिया