इक्रा नेपालको साधारण सभा आह्वान, ५१ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, रेटिङ कम्पनी इक्रा नेपाल लिमिटेडले मङ्सिर २९ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले दिउँसो २ बजे अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ३१.३२३२ प्रतिशत नगद लाभांश गरि कुल ५१.३२३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक ७६/७७ को मुनाफाबाट १५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५१.४९५१५७५ प्रतिशतको दरले नगद लाभांश गरि कुल २०१.४९५१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

त्यस्तै सभामा अध्यक्षकोप्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने, संचालक समितिका सदस्यको भत्ता बढाउन स्वीकृति दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कुनै फेरबदल गर्नु पर्ने भए सो अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया